काठमाण्डौ ।
क्रिकेट सन्दीप लामिछानेको अमेरिकाको भिसा पुनः अस्वीकृत भएको छ । अमेरिकी दूतावासले लामिछानेलाई अन्तर्वार्ताका लागि पुनः समय दिए पनि भिसा दिन भने अस्वीकार गरेको खेलकुद मन्त्रालय स्रोतले जनाएको हो ।
अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुन प्रतीक्षारत क्रिकेटर लामिछानेलाई ‘भिसा नोट’ पठाएसँगै अन्तर्वार्ताका लागि बोलाएको थियो । तर पनि भिसा दिन अस्वीकार गरेको थियो । तर, भिसा नपाएपछि सन्दीपको विश्वकप खेल्ने सपना टुटेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??