काठमाण्डौ ।
सशस्त्र प्रहरीले सुनसरीबाट स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ । शनिबार साँझ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा घुस्की नाकाबाट हरिनगर तर्फजाँदै गरेको बा १६ प ७६१३ नम्बरको कारमा लुकाएर राखेको उक्त रकम बरामद गरेको हो ।
बरामद भएको रकममा एक हजार दरको नोट नौ हजार सात सय थान (९७ लाख) र पाँच सय दरको आठ सय थान (४ लाख) रहेको प्रहरीले जनाएको छ। रकमसँगै कार र कार चालक सुनसरी जिल्ला हरिनगर गाउँपालिका–५ बस्ने अन्दाजी ३७ वर्षीय ईशा अन्सारीलाई नियन्त्रणमा लिइएको जनाइएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??