spot_img
spot_img
spot_img

टी-२० विश्वकप क्रिकेट: सुपर ओभरमा नामिबियासंग ओमान ११ रनले पराजित

spot_img

काठमाण्डौ ।

अमेरिका–वेस्ट इन्डिजमा जारी टी-२० विश्वकपमा पहिलो पटक भएको सुपरओभरमा ओमानले हार व्यहोरेको छ । नामिबियाले ६ बलमा २१ रनको विशाल लक्ष्य दिएकोमा जवाफी ब्याटिङ गर्दै ओमनले १० रन मात्र बनाउन सक्यो ।

ओमनले दिएको ११० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०९ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरमा नामिबियालाई जितका लागि ५ रन मात्रै चाहिएको थियो तर पहिलो र तेस्रो बलमा विकेट गुमाएपछि नामिबिया दबाबमा आयो ।

अन्तिम ३ बलमा नामिबियालाई ५ रन आवश्यक रह्यो ।चौथो बलमा ब्याट्सम्यानले १ रन मात्रै जोड्न सके । ५ औँ बलमा २ रन बटुले । अन्तिम बलमा नामिबियालाई जितका लागि २ रन आवश्यक थियो । मेहरान खानले फ्याँकेको बलमा डेबिट वाइजी बिट भएपछि १ रनका लागि दगुरे । ओमानसँग रन आउटको सजिलो मौका थियो तर फिल्डरले नजिकैबाट पनि विकेट ढाल्न सकेनन्। नामिबियाका ब्याट्सम्यानले १ रन पूरा गरेपछि खेल बराबरी भयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img