काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज मंगलवार बसेको पार्टी संसदीय दलको बैठकबाट एकीकृत समाजवादी पार्टीले मधेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
यो निर्णयसङ्गै एकीकृत समाजवादीका मन्त्रीहरु गोविन्द न्यौपाने र बेची लुङ्गेली मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउन मुख्यमन्त्री निवास पुग्दा मुख्यमन्त्री यादव निवासबाट बाहिरिनुभएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??