काठमाडौँ ।
आज बुधबार सेयर बजार ५.५८ अंकले घटेर बन्द भएको छ । आज बुधबार नेप्से सूचक ५.५८ अंकले घट्दै २ हजार ७९.७१ विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । बुधबार कूल ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँ बराबरको ८० लाख ४२ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
बुधबार भगवती हाइड्रोपावर कम्पनी लिमिटेडका सेयरधनीले १० प्रतिशतले कमाएका छन् भने अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीका सेयरधनीहरुले ५.५१ प्रतिशतले गुमाएका छन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??