काठमाण्डौ ।
भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा ५४२ सिटकै नतिजा आइसकेको छ । चुनावी मैदानमा यस पटक १५ जना सेलिब्रेटी उत्रिएका थिए । यसमध्ये ११ जनाले जित हात पारेका छन् । जित्नेमा कङ्गना रनौत, हेमा मालिनी, शत्रुघ्न सिन्हा, रवि किशन, मनोज तिवारी आदि छन् । भोजपुरी स्टार पवन सिंह र निरहुआले भने नराम्ररी हारे ।
हेमा मालिनी
ड्रिम गर्ल हेमा मालिनीलाई भाजपाले उत्तर प्रदेशको मथुराबाट टिकट दिएको थियो । उनको सामु कंग्रेसले मुकेश धनगरलाई उठाएको थियो । हेमाले ५ लाख १० हजार ६४ मत पाउँदा मुकेशले २ लाख १६ हजार ६७५ मत ल्याएका थिए ।
हेमा मालिनी
ड्रिम गर्ल हेमा मालिनीलाई भाजपाले उत्तर प्रदेशको मथुराबाट टिकट दिएको थियो । उनको सामु कंग्रेसले मुकेश धनगरलाई उठाएको थियो । हेमाले ५ लाख १० हजार ६४ मत पाउँदा मुकेशले २ लाख १६ हजार ६७५ मत ल्याएका थिए ।
कङ्गना रनौंत
हिमाञ्चल प्रदेशको मन्डीबाट भाजपाको टिकटमा लडेकी बलिउड अभिनेत्री कंगनाले कंग्रेस नेता विक्रमादित्यलाई ७४ हजार ७५५ मतले हराइन् । कंगनाले ५ लाख ३७ हजार २२ मत ल्याएकी थिइन् भने विक्रमादित्यले ४ लाख ६२ हजार २६७ मत पाए ।
शत्रुघ्न सिन्हा
टीएमसीले पश्चिम बंगालको आसनसोल सीटमा अभिनेता शत्रुघ्न सिन्हालाई टिकट दिएको थियो । उनले भाजपाका नेता एसएस आहलूवालियालाई ५९ हजार ५६४ मतले हराए ।
अरुण गोभिल
टिभीको चर्चित शो रामायणमा राम बनेर चर्चामा आएका अभिनेता अरुण गोविल उत्तर प्रदेशको मेरठबाट जितेका छन् । भाजपाको टिकटमा चुनावी मैदानमा उत्रिएका अरुणले सपाका नेता सुनिता बर्मालाई १० हजार ५८५ मतले हराएका थिए ।
सुरेश गोपी
अभिनेता तथा पार्श्व गायक सुरेश गोपीले पनि केरलाको त्रिशूर सिटबाट चुनाव जितेका छन् । कम्युनिस्ट पार्टीका नेता वी.एस. सुनील कुमारलाई उनले ७४ हजार ६८६ मतले हराए ।
मनोज तिवारी
उत्तर–पूर्वी दिल्लीको सिटमा भाजपाको तर्फबाट भोजपुरी स्टार मनोज तिवारीले कंग्रेस नेता कन्हैया कुमारलाई हराएका छन् । मनोजले १ लाख ३८ हजार ७७८ मत अन्तरले कन्हैयालाई हराएका हुन् ।
रवि किशन
भाजपाले उत्तर प्रदेशको गोरखपुर सीटमा भोजपुरी स्टार रवि किसानलाई टिकट दिएको थियो । रविले समाजवादी दलका नेता काजल निषदलाई १ लाख ३ हजार ५२६ मतले हराए ।
सायोनी घोष
अभिनेत्री सायोनी घोष पश्चिम बंगालको जाधवपुरबाट चुनावमा उत्रिएकी थिइन् । उनले भाजपा नेता अनिर्बान गांगुलीलाई २ लाख ५८ हजार २०१ मतले पराजित गरिन्।
शताब्दी रोय
बंगाली सिनेमाकी अभिनेत्री शताब्ली रायले भाजपाका नेता देवतनु भट्टाचार्यलाई भारी मतले हराइन् । तृणमूल कंग्रेसको सिटबाट अभिनेत्रीले पश्चिम बंगालको बीरभूमबाट चुनाव लडेकी थिइन् । शताब्लीले १ लाख ९७ हजार ६५० मतले देवतुनलाई हराएकी छिन् ।
दीपक बनर्जी
बंगाली सिनेमा जगतमा देवको नामबाट चर्चित अभिनेता दिपक बनर्जीले पश्चिम बंगालको घाटाल सिट जितेका छन् । अभिनेता तृणमूल कंग्रेसको तर्फबाट चुनावी मैदानमा आएका थिए । उनले भाजपाका नेता हिरनमोय चटोपाध्यायलाई १ लाख ८२ हजार ८६८ मतले हराए ।
यी अभिनेताले बेहोरे हार
राज बब्बर
वरिष्ठ अभिनेता राज बब्बर हरियाणको गुरुग्रामबाट कंग्रेसको टिकटमा चुनावमा उत्रिएका थिए । उनको सामु भाजपाका नेता राज इन्दरजीत सिंह थिए । सिहंले बब्बरलाई ७५ हजार ७९ मतले हराएका छन् ।
पवन सिंह
भोजपुरी स्टार पवन सिंहले बिहारको काराकाट सिटबाट चुनावमा उत्रिएका थिए । उनी स्वतन्त्र उम्मेदवार थिए । यो सिटमा कम्युनिस्ट पार्टीका नेता राजाराम सिंहले १ लाख ५ हजार ८५८ मतले अभिनेतालाई हराए ।
निरहुवा
भोजपुरीका अर्का स्टार दिनेशलाल यादव निरहुआले भाजपाको टिकटमा चुनाव लडेका थिए । आजमगढमा निरहुआलाई सपाका नेता धर्मेन्द यादवले १ लाख ६१ हजार ३५ मतले हराएका छन् ।
-एजेन्सी