काठमाण्डौ ।
दुई दिनमै सुनको मूल्य बढेर फेरि नयाँ रेकर्ड कायम भएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार तोलामा १८ सय रुपैयाँले बढेको हो । बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन आज बिहीबार १ लाख ४४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महसङ्घले जनाएको छ ।
यस्तै चाँदीको भाउ बिहीबार तोलामा २५ रुपैयाँ बढेर १८५० रुपैयाँ कायम भएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??