काठमाण्डौ ।
कोशी प्रदेशको आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ। आज बिहीबारको प्रदेशसभा बैठकबाट सर्वसम्मतीले नीति तथा कार्यक्रम पास भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गर्नुभएको हो ।
आइतबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। प्रदेशसभाको अर्को बैठक १ असार दिउँसो ३ बजे बस्नेछ। सो बैठकमा सरकारले बजेट प्रस्तुत गर्नेछ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??