काठमाण्डौ ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशमा मधेस प्रदेश लगानी सम्मेलन गर्ने घोषणा गर्नुभएको छ । दिगो विकासको योजना तयार गरी स्वदेश वा विदेशका लगानी आकर्षण गर्न यो लगानी सम्मेलनको आयोजना गरिएको उहाँले बताउनुभयो ।
शुक्रबार मधेश प्रदेशको मुख्यमन्त्रीको पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री सिंहले उहाँले मधेश प्रदेशका १ हजार २७१ वटै वडामा १३६ पालिकालाई लक्षित गरेर बाँझो जग्गा उपयोग गरी नमूना कृषि विकास मोडल लागू गर्न कृषिसम्मुख सहकारी वा निजी साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने पनि घोषणा समेत गर्नुभएको छ ।