काठमाण्डौ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा मुलुक वैदेशिक ऋणको भरमा चलिरहेको स्वीकार गर्नुभएको छ। आज शनिबार काठमाडौंमा आयोजित सामाजिक अभियन्ताहरुको राष्ट्रिय भेलामा बोल्दै सञ्चारमन्त्री रेखा शर्माले राष्ट्र र जनताको हितमा हुनेगरी मात्रै वैदेशिक सहायता भित्र्याउन सामाजिक संघ, संस्थालाई पनि सचेत गराउनु भयो ।
उहाँले सरकारले मुलुकको समृद्धिका लागि कृषि, ऊर्जा र सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिएको पनि बताउनुभयो । मन्त्री शर्माले उत्पादन वृद्धिमा जोड दिएर सरकारले बजेट ल्याएको दाबी पनि गर्नुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??