spot_img
spot_img
spot_img

आलसको सेवनले कसरी गर्छ कोलेस्ट्रोल नियन्त्रण ? कसरी ?

spot_img

काठमाडौँ ।

आलस प्राकृतिक सुपरफुड हो । यो सेवनका अनेक फाइदा छन् । खासगरी मुटुको स्वास्थ्यको लागि यसलाई रामवाण नै मानिन्छ । आलसको दानालाई कयौँ तरिकाले खान सकिन्छ । नेपालीहरूको घरमा यसलाई अचारमा छोपको रूपमा बढी प्रयोग गरिन्छ । अहिलेको हाम्रो जीवनशैली र खानपानका कारण धेरैले आफ्नो कोलेस्ट्रोल बढेको भनेर गुनासो गरेको सुनिन्छ । कोलेस्ट्रोल घटाउन अलसको दाना धेरै लाभदायक छ ।

१. ओमेघा–३ फ्याटी एसिडः आलसको दानामा अल्फा–लिनोलेनिक एसिड (एएलए) नामक ओमेगा–३ फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ । यसले गुड कोलेस्ट्रोल एचडीएल)लाई बढाउने अनि ब्याड कोलेस्ट्रोल (एलडीएल)लाई घटाउन मद्दत गर्छ । ओमेगा–३ फ्याटी एसिडले विशेष गरी एएलए, सुन्निएको कम गर्दछ र धमनीको पर्खाललाई स्वस्थ राख्छ । यसले धमनीहरूमा पत्र बन्न दिँदैन अनि कोलेस्ट्रोलको स्तर नियन्त्रणमा राख्छ ।

२. फाइबरः आलसको दानामा घुलनशील र अघुलनशील दुवै खाले फाइबर पाइन्छ । यी फाइबरले पाचन सुधार्छ र कोलेस्ट्रोल घटाउन मद्दत गर्छ ।

आलसमा पाइने घुलनशील फाइबरले पाचन प्रणालीमा जेल जस्तो पदार्थ बनाउँछ । यसमा पित्त अम्ल टाँसिन्छ र शरीरबाट बाहिर निस्किन्छ । यसरी आलसको सेवन गर्दा शरीरमा पित्त अम्ल घट्छ । यसको कमी पूर्ति गर्न कलेजोले बढी कोलेस्ट्रोल प्रयोग गर्छ र रगतमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ ।

३. लिगनन्सः आलसको दानामा लिगनन्स नामक एन्टिअक्सिडेन्ट हुन्छ । यसले हर्माेनल सन्तुलन कायम राख्छ र हृदयसम्बन्धी रोग लाग्ने जोखिम कम गर्छ ।

लिगनन्स एन्टी अक्सिडेन्ट हो । यसले कोलेस्ट्रोलमा हुने अक्सिडेशनलाई रोक्ने काम गर्छ । अक्सिडाइज्ड कोलेस्ट्रोल धमनीहरूमा पत्र बनेर बस्छ । यसले हृदय रोग निम्त्याउन सक्छ । लिगनन्सले यो प्रक्रिया रोक्छ र मुटु स्वस्थ राख्छ ।

कसरी खाने आलसको दाना ?

कसरी खाने आलसको दाना ?

१. धुलोको रूपमा:  आलसको दानालाई पिसेर धुलो बनाउनुहोस् । यसलाई अचारमा छोपको रूपमा खान सकिन्छ । दही, स्मूदी वा सलादमा पनि आलसको धुलोलाई हालेर सेवन गर्न सकिन्छ । आलसको धुलोलाई पानीमा हालेर सोको पानी पनि खान सकिन्छ ।

२. सीधै दानाको सेवनः आलसको दानालाई सिङ्गै पनि खान सकिन्छ । यसमा भएको सबै पोषक तत्त्वहरू शरीरले प्राप्त गरोस् भन्ने चाहनु हुन्छ भने यसको दानालाई राम्ररी चपाएर मिहिन पारेर निल्नु पर्छ ।

३. तेलको रूपमा: असलीको दानाबाट तेल पनि निकाल्न सकिन्छ । आलसको दानाबाट तेल निकाल्ने राम्रो विकल्प हो । यसको तेललाई सलादमा ड्रेसिङको रूपमा वा अन्य खानेकुरामा मिसाएर खान सकिन्छ ।

-एजेन्सीको सहयोगमा

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
1
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img