काठमाण्डौ ।
देवदह नगरपालिकाद्वारा आयोजित १५ दिने दुधजन्य मिठाई बनाउने तालिम सम्पन्न भएको छ। उपप्रमुख संग महिला कार्यक्रम अन्तर्गत देवदह नगरपालिका-७ र ८ का महिलाहरुको लागि उक्त तालिम आयोजना गरिएको थियो।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले स्थानिय उत्पादनलाई स्थानिय बजारमै खपत गर्ने उद्धेश्यका साथ मिठाई बनाउने तालिमको आयोजना गरिएको बताउनुभयो। तालिम लिएका र व्यवसाय गर्न चाहाने प्रशिक्षार्थिका लागि नगरपालिकाले ८० प्रतिशत लगानी र सटर समेत उपलब्ध गराउने उहाले बताउनुभयो। देवदहमा प्रशस्त दुध उत्पादन हुने र उत्पादित दुधले बजार नपाउने समस्या न्युनिकरण गर्न तालिम प्रभावकारी भएको समेत उहाँको भनाई थियो। तालिममा सहभागिले तालिम पछि व्यवसाय सुरु गर्नुपर्नेमा जोड दिदै उत्पादनमा लाग्ने सबैलाई नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख खरेलको भनाई थियो।
समापन कार्यक्रममा देवदह नगरपालिका-७, का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारी र प्रशिक्षार्थीको तर्फ बाट दुर्गा काफ्लेले मन्तब्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम देवदह नगरपालिकाका नगर उपप्रमुख तथा उपप्रमुख संग महिला कार्यक्रमका संयोजक विद्यालक्ष्मी गुरुङ्गको अध्यक्षता, उपप्रमुख संग महिला कार्यक्रमका सदस्य संगीता विकको स्वागत र महिला, वालवालिका शाखाका ईन्दिरा भूषालको संचालनमा सम्पन्न भएको थियो। तालिममा २० जना महिला हरुको सहभागिता रहेको थियो भने नेशनल इन्स्टिच्युट अफ फुड स्टडिज एण्ड अपरेशनको प्राविधिक सहयोग रहेको थियो।