नवलपरासी ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नाला निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर दुई मजदुरको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन्। ढल निकासका लागि खनेको खाल्डोमा काम गरिरहेका तीन जना महिला मजदुर पुरिएका थिए ।
पुरिएकामध्ये कावासोती नगरपालिका-५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना र २६ वर्षीया तानमाया गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । खाल्डामा पुरिएकी अर्की मजदुर चमेली दर्लामी मगरको खोजी भइरहेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??