चितवन ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं तर्फ आउँदै गरेको यात्रुबाहक बस चितवनको त्रिशुली नदी किनारमा खस्दा कम्तिमा १२ जना घाइते भएका छन् भने केही यात्रु गम्भीर घाइते भएका छन् ।
भे १ ख ४०६२ नम्बर बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कार आज बिहान साढे ७ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै ठोक्किएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
सडक मै रहेको कारमा सवार २ जनाको अवस्था गम्भीर छ । बस चालक कोहलपुर-१२, बाँकेका ३५ वर्षीय विकास मल्ल प्रहरी नियन्त्रणमा छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??