काठमाण्डौ ।
अमेरिकाको सर्वाेच्च अदालतले गर्भपतन गर्भपतनका लागि व्यापक रूपमा प्रयोग हुने चक्कीमाथि प्रतिबन्ध लगाउनु पर्ने माग अस्वीकार गरेको छ । यसले राष्ट्रपति जो बाइडेनको प्रशासनलाई ठुलो जीत दिएको छ । गर्भपतनको विरोध गर्ने समूह र डाक्टरहरूलाई भने झट्का लागेको छ । बिहीबार ९ न्यायाधीशहरूले सर्वसम्मतिमा यो निर्णय गरेका हुन् । तल्लो अदालतले गर्भपतन चक्की मिफेप्रिस्टोनको प्रयोगमा रोक लगाएको थियो ।
तर सर्वोच्च अदालतले मिफेप्रिस्टोनलाई सीमित गर्न अस्वीकार गरेको छ । सर्वाेच्च अदालतले यो औषधिको पहुँच सीमित बनाउने निर्णयमा रोक लगाएको छ ।
के हो मिफेप्रिस्टोन ?
अमेरिकामा गर्भपतनका लागि मिफेप्रिस्टोन र मिसोप्रोस्टोल नामक चक्की प्रयोग गरिन्छ । यी चक्कीको प्रयोगलाई अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)ले अनुमति दिएको छ । गर्भ धारण भएको पहिलो १० हप्ताभित्रै यी चक्की प्रयोग गरिन्छ ।
यी चक्कीहरू अनलाइन डेलिभरी पनि हुन्छ । गर्भपतनमा प्रतिबन्ध लगाएका अमेरिकी राज्यहरूमा अहिले यी चक्कीहरूको वितरण रोक्ने उपायहरूबारे विचार भइरहेको छ । मिफेप्रिस्टोनलाई एफडीएले प्रयोगका लागि अनुमति दिएको थियो । अमेरिकामा गर्भपतनका लागि ६० प्रतिशतभन्दा धेरैले यो चक्की प्रयोग गर्ने गरेका छन् । -एजेन्सी