spot_img
spot_img
spot_img

सामसुङको फोन कन्ट्रोल गर्ने जुत्ता !

spot_img

काठमाण्डौ ।

प्रविधिको दुनियाँमा हरेक दिन नयाँ नयाँ चिज नयाँ नयाँ चिज आइरहेको छ । कनेक्टेड डिभाइस तीव्र गतिमा विस्तार भइरहेका छन् । इयरडब्स होस् वा स्मार्टवाच । हरेक फोनसँग जोडिएका छन् । यी डिभाइसको मद्दतले फोनमा कयौं फिचर कन्ट्रोल गर्न सकिन्छ । यो सूचीमा नयाँ वेयरेबल पनि जोडिएको छ । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले फोनसँग कनेक्ट गर्न सकिने जुत्ता लञ्च गरेको छ । यो जुत्ताको मद्दतले प्रयोगकर्ताले स्मार्टफोन कन्ट्रोल गर्न सक्नेछन् ।

जुत्तामा के छ खासमा?

यही हप्ता सामसङले शर्टकट लञ्च गरेको थियो । यो लिमिटेड एडिशनको जुत्ता हो । यो जुत्तालाई चिएल बेनेलक्स, एलिट्याक वेरेबल्स, ब्रुट आम्सर्टड्याम र जुत्ता डिजाइनर रोएल भ्यान होफसँगको सहकार्यमा लञ्च गरिएको थियो । जुतामा खास सेन्सर दिइएको छ । यसको मद्दतले फोनलाई कन्ट्रोल गर्न सकिनेछ । यसका लागि जुुत्तालाई सामसङको फोनसँग कनेक्ट गर्न जरुरी छ ।

मुन वाक गरेर फोन कल गर्न वा गित बजाउन सकिनेछ । पाँच फरक फरक मुभमेन्टको प्रयोग गरेर अरु पाँच वटा काम गर्न सकिनेछ । जुत्ताको एल्गोरिदम निकै स्मार्ट रहेको र मोशन रिकग्निशन निकै एकुरेट रहेको बताइएको छ । कम्पनीले अहिले यो जुत्ता विक्रीका लागि उपलब्ध गराएको छैन । कम्पनीले अहिलेसम्म ६ जोडी मात्रै यस्तो जुत्ता बनाएको छ । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img