spot_img
spot_img
spot_img

सुडानको अल–फाशरमा भएको झडपमा दुई सय २० जनाभन्दा धेरैको ज्यान गयो

spot_img

काठमाण्डौ ।

सुडानको अल–फाशरमा भएको झडपमा दुई सय २० जनाभन्दा धेरैको ज्यान गएको छ । परोपकारी संस्था मेडिसिन्स सेन्स फ्रन्टियर्स (एमएसएफ) ले अल–फाशरमा भएको पछिल्लो लडाइँमा दुई सय २० जना भन्दा धेरै मारिएका र एक हजार चार सय जना घाइते भएका जानकारी दिएको समाचार संस्था एएफपीले जनाएको छ ।

निरन्तरको हवाई आक्रमण र गोलाबारीका कारण घाइतेले उपचार पाउनसमेत सकिरहेका छैनन् । एमएसएफका आपत्कालीन कार्यक्रमका प्रमुख मिसेल–ओलिभियर लाचाराइटले अल–फाशरमा अवस्था अराजक बनेको बताउनुभएको छ ।

अल–फाशर अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सको नियन्त्रणबाहिर रहेको डार्फरको शहर हो । यो शहर सुडानी सेनाले पूर्व डेपुटी कमान्डर मोहम्मद हमदान डाग्लोको नेतृत्वको आरएसएफविरुद्ध लडिरहेको युद्धको केन्द्रबिन्दु बनेको छ ।

अल–फाशरमा आरएसएफले गरेको घेराबन्दी अन्त्यको माग गर्दै संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले प्रस्ताव नै पारित गरेको छ । – एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img