काठमाण्डौ ।
सिङ्गापुरको दक्षिणी समुद्रमा एक मालवाहक पानीजहाजबाट तेल चुहिएपछि समुद्री आरक्ष नै खतरामा परेको छ । सिङ्गापुरको दक्षिणी बन्दरगाह पासिर पन्जङमा अस्ति शुक्रवार दिउँसो नेदरल्यान्ड्सकाे झण्डा बोकेको जहाजले सिङ्गापुरको झण्डा बोकेका मालवाहक जहाजलाई ठक्कर दिँदा समुद्रकाे पानीमा तेल खसेको थियो ।
अधिकारीहरूले अहिले इन्धन सफा गर्ने प्रयासलाई तीव्र बनाए पनि सफल हुन नसकेको समाचार संस्था रोयटर्सले जनाएको छ । जहाजको लाखौँ लिटर तेल चुहिएर सेन्टोसा, ल्याब्राडोर प्रकृति रिजर्भ, दक्षिणी द्वीप, मरीना पियर र पूर्वी तटमा फैलिएको छ ।
चार लाख वर्ग मिटरको समुद्री संरक्षित क्षेत्र सिस्टर आइल्यान्ड्स मरिन पार्कको आसपासको पानीमा पनि तेल तैरिएको छ । तेल चुहावटले ठूलो वातावरणीय प्रभाव पर्ने खबरमा उल्लेख छ । तत्कालका लागि माछा मरेर पानीमा तैरिएको देखिएको र यसको दीर्घकालीन प्रभाव ठूलो हुने सिङ्गापुरका सञ्चारमाध्यमले जनाएका छन् । -एजेन्सी