spot_img
spot_img
spot_img

विश्वकप क्रीकेट: बङगलादेश सङ्गको खेलमा नेपाल पराजित

spot_img

काठमाण्डौ ।

नेपाललाई हराउँदै बंगलादेश विश्वकप टी–२० क्रिकेटको सुपर आठमा प्रवेश गरेको छ । सेन्ट भिन्सेन्टको किंग्सटाउनमा आज भएको खेलमा बंगलादेशले नेपाललाई २१ रनले हराउदै सुपर ८ मा प्रवेश गर्न सफल भएको हो ।

आज बिहान नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको बंगलादेशले १९ ओभर ३ बलमा अलआउट हुँदै १०६ रन जोड्यो ।  १०७ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बलमा अलआउट हुनुपुर्व ८५ रन मात्रै बनाउन सकेको हो ।

जितसँगै बंगलादेश सुपर आठमा प्रवेश गर्दा नेपालको विश्वकप यात्रा जितबिहीन भएको छ । आजको खेलमा दुई विकेट लिएका नेपालका सन्दिप लामिछानेले टी–२० अन्तराष्ट्रियमा आफ्नो सय विकेट पुरा गरेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img