spot_img
spot_img
spot_img

बङ्गलादेशका बलर तान्जिम हसन सकिब आईसीसीको कारबाहीमा

spot_img

काठमाण्डौ ।

आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह चरण अन्तर्गत नेपाल र बङ्गलादेशबीच भएको खेलमा गलत व्यवहार गरेका बङ्गलादेशका बलर तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ । यो खेलमा म्यान अफ द म्याचसमेत बनेका फास्ट बलर सकिबलाई आचारसंहिता तोडेको आरोपमा आईसीसीले कारबाही गरेको जनाएको छ ।

खेलको तेस्रो ओभरमा तान्जिमले नेपालका कप्तान रोहित पौडेलसँग नोकझोक गरेका थिए । उनले रोहितको शरीरमा हात लगाएकोसमेत पाइएपछि आईसीसीले कारबाही गरेको हो । उनलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ ।

खेलाडी आचारसंहिताअनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीलाई छुन पाउँदैन । सकिबले आफ्नो गल्तीलाई स्वीकार गरेका छन्। नेपाल आफ्नो अन्तिम खेलमा बङ्गलादेशसँग २१ रनले पराजित भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img