काठमाडौँ ।
नेपाली बजारमा लगातार तेस्रो दिनपनि सुनको मूल्यमा कुनै घटबढ भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै चाँदीको मूल्य बुधबार भने १० रुपैयाँले घटेर तोलामा १ हजार ८०५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??