spot_img
spot_img
spot_img

भारतमा गर्मीले हाहाकार, यूपीमा एकै दिन १७१ जनाको मृत्यु

spot_img

काठमाण्डौ ।

अत्यधिक गर्मीका कारण भारत दिनहुँ सयौँले ज्यान गुमाइरहेका छन् । उत्तर प्रदेश (यूपी)मा गर्मीका कारण मंगलबार एकै दिन १७११७१ जनाको मृत्यु भएको छ । कानपुर र बुन्देलखण्ड जिल्ला दिनभरि लु चलेको थियो । उरइमा तापक्रम सबैभन्दा बढी ४६ दशमलव ४ डिग्रीमा मापन भएको थियो ।

रातको समयमा कानपुरमा सबैभन्दा धेरै ३५ दशमलव ३ डिग्री तापमान रेकर्ड भयो । मंगलबार साँझ राज्यका धेरै शहरमा मेघगर्जन र वर्षा भएको थियो । मंगलबारको न्यूनतम तापक्रम पनि सामान्यभन्दा पाँचदेखि सात डिग्री बढी थियो ।

गर्मीका कारण बुन्देलखण्ड र कानपुरमा मंगलबार ६२ जनाको मृत्यु भएको छ । यीमध्ये बांदामा १३, फतेहपुरमा १२, कानपुरमा ११, हमीरपुरमा १०, चित्रकूटमा आठ, महोबामा पाँच र इटावामा तीन जनाको ज्यान गएको थियो । अवध जिल्लामा पनि गर्मीले ६ जनाको मृत्यु भएको थियो । जसमध्ये बाराबंकीमा एक होमगार्ड, एक रेल यात्री र एक सेवानिवृत्त कर्मचारीको मृत्यु भएको छ ।

अमेठीमा एक वृद्ध, गोंडामा एक वृद्ध र रायबरेलीमा एक व्यक्तिको मृत्यु भएको बताइएको छ । पूर्वाञ्चलका नौ जिल्लामा ६४ जनाको मृत्यु भएको छ । जसमा मिर्जापुरमा १५, वाराणसीमा १८, बलियामा १२, गाजीपुर र चन्दौलीमा सात–सात, सोनभद्रमा दुई, आजमगढ, भदोही र माउमा एक–एक जनाको मृत्यु भएको छ ।

बज्र क्षेत्रमा पनि मंगलबार एकै दिन १३ जनाको ज्यान गएको थियो । फिरोजाबामा सात, मैनपुरीमा तीन, आगरामा दुई र मथुरामा एक जनाको मृत्यु भएको थियो। बरेली, लखीमपुर खिरीमा पनि एक–एक जनाको मृत्यु भएको छ । प्रयागराज र आसपासको क्षेत्रमा २० जना र गोरखपुर–बस्ती क्षेत्रमा ४ जनाको मृत्यु भएको छ ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img