काठमाडौं ।
दुधको भुक्तानी दिन माग गर्दै दुग्ध कृषकहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनका क्रममा ३४ जना कृषकहरुलाई प्रहरीले पक्राउ गरेको छ । दुधको भुक्तानी तत्काल दिन माग गर्दै बुधवार उनीहरुले दुग्ध विकास संस्थान केन्द्रिय कार्यालय घेराउ गरेका हुन्।
उनीहरुले दुग्ध उत्पादक कृषकहरुले दुग्ध विकास संस्थानलगायत निजी डेरीहरुबाट लामो समयदेखि दुधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् ।
भुक्तानीलगायत विभिन्न मागसहित पटक पटक गरेको सम्झौता र सहमति समेत कार्यान्वन नभएको उनीहरुको आरोप छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??