spot_img
spot_img
spot_img

भारतको आसाम: बाढीमा ३१ जनाको मृत्यु

spot_img

काठमाण्डौ ।

भारतको उत्तरपूर्वी राज्य आसाममा भारी वर्षापछि आएको बाढीमा ३१ जनाको मृत्यु भएको छ । आसामको मुख्य शहर गुवाहाटीबाट करिब २ सय ८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगञ्ज जिल्ला बाढीबाट प्रभावित भएको हो । त्यहाँका एक हजारभन्दा बढी घर डुबानमा पर्दा १ लाख ८० हजार मानिस बिस्थापित भएका छन् । बाढीले सयौं चौपाया समेत बगाएको छ ।

आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरणले बाढीका कारण १५ जिल्लाका एक लाख ६१ हजार २ सय ९ व्यक्ति प्रभावित भएको जनाएको छ । मनसुन शुरु भएपछि भारतमा अधिकांश राज्यहरुमा अविरल वर्षा जारी छ । बाढीका कारण लाखौं बिगाहा जमीनमा लगाइएको बालीनाली पनि नष्ट भएको छ ।

यसैबीच स्थानीय सरकारले प्रभावित क्षेत्रमा ४३ वटा राहत शिविर र वितरण केन्द्र स्थापना गरी बाढी पिडीतहरुलाई स्थानान्तरण गरेको छ । बाढीले तटबन्ध, सडक र पुलहरू लगायत पूर्वाधारमा भएको क्षति पुगेकाले बाढी पीडितहरुका लागि राहत सामग्री बितरणमा कठिनाइ भएको छ ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img