काठमाण्डौ ।
अमेरिकी विमान निर्माता कम्पनी बोईङको बोइङ्को दुई वटा ७३७ म्याक्स विमानमा परेर ज्यान गुमाउने यात्रीहरूको परिवारले कम्पनीसँग झन्डै २५ अर्ब डलर क्षतिपूर्ति मागेका छन् । अमेरिकाको उड्ययन इतिहासमा सबैभन्दा बढी जनाको ज्यान जाने गरी भएको दुर्घटनाका लागि पीडितका परिवारले अभियोजनकर्तासँग बोइङलाई २४ अर्ब ८० करोड डलर जरिवाना तिराउन भनेका हुन् ।
रकम उचित भएको र बोइङको अपराधका कारण भएको मानवीय क्षतिलाई विचार गर्दा उपयुक्त पनि भएको पीडितका परिवारतर्फका वकिल पल कासेलले बताए । बीबीसीले देखेको ३२ पृष्ठ लामो पत्रमा अमेरिकी सरकारले ३४६ जनाको ज्यान जाने गरी सन् २०१८ र सन् २०१९ मा भएको ती दुर्घटनामा कम्पनीमाथि मुद्दा चलाउनु पर्ने बताइएको छ ।