spot_img
spot_img
spot_img

यस्ता छन् खाना खाएपछि कागतीको रस खाँदाका फाइदा

spot_img

काठमाण्डौ ।

कागती साइट्रिक फल हो । यसमा भिटामिन सि एन्टिअक्सिडेन्ट भिटामिन सी, एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । हरेक दिन आहारमा एउटा कागती खाने हो भने दिनभरि चाहिने भिटामिन सीको पूर्ति हुन्छ। यसको फाइदा हेरेर स्वास्थ्य विज्ञहरू पनि खानामा कागती सामेल गर्न सल्लाह दिन्छन् । यसले छालालाई त राम्रो बनाउँछ नै पाचन र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने काम गर्छ । खाना खाएपछि एक चम्चा कागतीको रस पिउँदा शरीरमा अनेकौँ फाइदा हुन्छन् ।

पाचन सुधारः खाना खाएलगत्तै कागती खाइयो पाचन रस र इन्जाइमको उत्पादन बढाउँछ र पाचनमा छिटो सुधार ल्याउँछ ।

इम्युनिटी र कोलाजेन बढाउँछ: कागतीमा भिटामिन सी प्रचुर मात्रामा पाइने भएकोले यसले प्रतिरक्षा प्रणाली बूष्ट गर्न पनि मद्दत गर्छ । यसले कोलाजेनको उत्पादन बढाउँछ । यो छालाको स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।

एन्टिअक्सिडेन्ट गुणले भरिपूर्ण: कागतीमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा अक्सिडेटिभ क्षति वा तनाव रोकेर हामीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

पेट फुल्ने समस्या हटाउँछ: पेट फुलेको छ वा अपचको समस्या छ भने कागतीको रसले राहत दिलाउन मद्दत गर्दछ । यो अम्लीय प्रकृतिको भएपनि यसको प्रभाव  अल्कलाइन हुन्छ । जसबाट पीएच स्तर सन्तुलित रहन्छ।-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img