काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको सहकार्यका लागि प्रयास गर्ने बताउनुभएको छ ।
शुक्रबार रास्वपाको स्थापना दिवसको अवसर पारेर पार्टीले काठमाडौंमा आयोजना गरेको गरेको कार्यक्रममा अध्यक्ष लिङ्देनले सहकार्य गरेर अघि बढ्नका लागि संवाद भईरहेको दाबी गर्नुभयो । सञ्चारकर्मीहरुले दुई पार्टी मिलेर अघि बढे संसदमा ठूलो राजनीतिक शक्ति बन्नेतर्फ ध्यानाकर्षण गराएका थिए । जवाफमा अध्यक्ष लिङदेनले त्यसका लागि प्रयत्न गर्ने प्रतिक्रिया दिनुभयो ।
विगतमा पनि निर्वाचन सकिएलगत्तै आफ्नो पार्टीले रास्वपासँग सहकार्यका लागि प्रयास गरेको भएपनि सफल नभएको बताउनुभयो । अध्यक्ष लिङ्देनले रास्वपाको प्रवेशले पनि संसदको काम गर्ने शैलीमा सुधार आउन नसकेको औंल्याउनुभएको थियो ।