काठमाडौं ।
उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार इरानतर्फ प्रस्थान गर्नुुुभएको छ । एसिया को–अपरेसन डायलग (एसीडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औं बैठकमा भाग लिन श्रेेष् त्यसतर्फ प्रस्थान गर्नुुुएको हो ।
तेहरानमा सोमबार आयोजना हुने बैठकमा श्रेष्ठले सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रीस्तरीय बैठकअघि मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगरले असार ९ गते हुने एसीडीका वरिष्ठ अधिकारीहरूको बैठकमा भाग लिनेछन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??