काठमाण्डौ ।
नेपालमा मोबाइल फोन आयातमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा २६ अर्ब ३३ करोड भन्सार मूल्यका १७लाख १० हजार थान मोबाइल नेपाली बजारमा भित्रिएको तथ्याङ्कले देखाएको छ ।
गत वर्षको साउनदेखि जेठसम्ममा नेपालमा १४ लाख २७हजार थान मोबाइल भित्रिएको थियो । गत वर्षको तुलनामा चालु आवको पछिल्लो ११ महिनामा ३ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको मोबाइल आयत भएको तथ्याङ्कले देखाएको छ । नेपालमा भित्रिएका यस्ता मोबाइल औसतमा १५ हजार रुपैयाँभन्दा बढीको छ । तर नेपालमा अवैध बाटोबाट मोबाइल भित्रिएका कारण व्यवसायीहरू बढी मारमा पर्ने गरेका छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??