काठमाण्डौ ।
फ्लोरिडाको नेपल्सस्थित एक परिवारले नासा नासामाथि मुद्दा हालेको छ । आकाशबाट खसेको एउटा सानो टुक्राले घरको छतमा क्षति पुर्याएको भन्दै परिवारले ८० हजार डलर क्षतिपूर्ति माग्दै मुद्दा हालेको हो । घटना यही मार्च ८ को हो । त्यतिबेला ७०० ग्राम तौल भएको वस्तु अलेजांद्रो ओटेरोको घरमाथि खस्दा छतमा प्वाल परेको थियो ।
त्यतिबेला ओटेरोका छोरा घरमै थिए । तर यस घटनामा कसैलाई पनि चोट नलागेको बताइएको छ। घरमा खसेको वस्तु प्रयोग भएको ब्याट्रीको कार्गो प्लेटको हिस्सा भएको नासाले पुष्टि गरेको छ । यसलाई सन् २०२१ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा फोहोरको रूपमा छोडिएको थियो । प्रायजसो पृथ्वीको सतहमा प्रवेश गर्ने बित्तिकै यी वस्तुहरू जलेर नष्ट हुन्छन् । तर यो भने बचेकाे थियो । -एजेन्सी