बैतडी ।
पानीमा डुबेर बैतडीमा दुईजनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । ट्ङ्किको पानीमा डुबेर पुर्चाैडी नगरपालिकाका महरागाउँका शेरसिंह महराको ५ वर्षका छोरा मुकेश महरा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घर आँगनमै खेलिरहेका मुकेश नजिकै रहेको पानी ट्याङ्कीमा डुबेका थिए । ट्याङ्कीमा डुबेर घाइते भएका मुुकेशको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै महाकाली नदीमा डुबेर शिवनाथ गाउँपालिका १ स्वालाकी १५ वर्षीया रजनी चाँडको मृत्यु भएको छ । रजनीसंगै महाकालीमा नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड बेपत्ता रहेकी छन् । उनको खोजी भईरहेको छ ।