spot_img
spot_img
spot_img

यस वर्षको मनसुन देशभर फैलियो

spot_img

काठमाडौं ।

यस वर्षको मनसुन प्रणाली सोमबारदेखि देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो गरी जेठ २८ गते कोशी प्रदेशको पुर्वी भू–भागमा भित्रिएको थियो ।

यस्तै विभागका अनुसार असार ६ गते कोशी प्रदेशको बाँकी भू–भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा भित्रिएको थियो । यस वर्ष नेपालभर मनसुन फैलिन आगमनको दिन देखि १५ दिनको समय लागेको विभागले जनाएको छ ।

मनसुन देशभर फैलिए पनि तीन दिनपछि मात्र धेरै भूभागमा राम्रो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिलेसम्म सुक्खा र गर्मीले आक्रान्त रहेको कर्णाली र सुदूरपश्चिममा मनसुनी बादल छाएपछि त्यस क्षेत्रमा थोरै राहत पुगेको छ । यो वर्ष साउन महिनाको मध्यदेखि मात्र राम्रो मनसुनी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img