spot_img
spot_img
spot_img

टी–२० विश्वकप: सेमिफाइनलमा आज भारतले इंग्ल्यान्डको सामना गर्दै

spot_img

काठमाडौँ ।

टी–२० विश्वकपको सेमिफाइनलमा आज भारतले इंग्ल्यान्डको सामना गर्दैछ । म्याचको दिन गुयानामा वर्षा हुने सम्भावना ७० प्रतिशत छ तर त्यहाँ कुनै रिजर्भ डे छैन । खेल नभएमा भारतीय टोली सुपर–८ राउन्डमा समूहको शीर्ष स्थानमा रहेकाले फाइनलमा पुग्ने छ । इङ्ल्यान्ड टोली आफ्नो समूहमा दोस्रो स्थानमा रहेकोले हार बेहोर्ने छ ।

सेमिफाइनलका लागि रिजर्भ डे नहुने भए पनि खेलका लागि २५० मिनेटको अतिरिक्त समय दिइएको छ । त्यसैले बेलाबेलामा वर्षा रोकिन थाल्यो भने खेल कुनै न कुनै रूपमा टुङ्गिन सक्छ । साढे चार घण्टाको अतिरिक्त समय थप्दा खेल पूरा गर्न साँझ ६ देखि ७ बजे सम्मको समय हुनेछ। यदि पानी पर्न थाल्यो भने, आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलमा डीएलएस विधिका लागि कम्तीमा १०–१० ओभरको खेल हुनुपर्ने हुन्छ ।

अर्थात् आजको सेमिफाइनलमा वर्षा भएमा नतिजा पाउन १०–१० ओभरको खेल आवश्यक छ । एक इनिङ्समा १० ओभर बलिङ गर्न ४५ देखि ५५ मिनेटको समय हुन्छ। १०–१० ओभरको खेल डेढ देखि दुई घण्टामा पूरा गर्न सकिन्छ । गुयानामा २ घण्टाको खेल भए पनि सेमिफाइनल पूरा हुन सक्छ । अर्थात् आजको सेमिफाइनलमा वर्षा भएमा नतिजा पाउन १०–१० ओभरको खेल आवश्यक छ । एक इनिङ्समा १० ओभर बलिङ गर्न ४५ देखि ५५ मिनेटको समय हुन्छ। १०–१० ओभरको खेल डेढ देखि दुई घण्टामा पूरा गर्न सकिन्छ । गुयानामा २ घण्टाको खेल भए पनि सेमिफाइनल पूरा हुन सक्छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img