बुटवल ।
रुपन्देहीको देवदहलाई कार्यक्षेत्र बनाएर सामाजिक काम गर्दै आइरहेको युवाहरुको समुह लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको तेस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार देवदह ७ स्थित ॐ दर्शन होटलमा एक औपचारिक कार्यक्रमको बिच उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा बर्ष २०२३/२४ का अध्यक्ष कमल पौडेलले बर्ष २०२४/२५ का अध्यक्ष बिजय अमगाईलाई पद हस्तान्तरण गर्नु भएको हो । साथै सचिव, कोषाध्यक्ष लगायत अन्य पदाधिकारीहरुले पनि पद हस्तान्तरण गरेका थिए। क्लबको प्रथम उपाध्यक्षमा बिमल तिवारी, दोश्रो उपाध्यक्षमा नबिन थापा मगर र तेश्रो उपाध्यक्षमा गोपाल पाण्डे रहेका छन्। त्यस्तै सचीवमा दिनेश चौधरी र कोषाध्यक्षमा मुकेश ज्ञवाली रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स ईन्टरनेशनल ३२५ पि नेपालका डिस्ट्रीक एडभाईजर विष्णु प्रसाद पौडेलले देवदहमा लायनिजम बिस्तार गर्दै सामाजिक कार्यमा सम्पूर्ण क्लबहरु एैकबद्वता भएर लाग्नुपर्ने बताउनु भयाे । उहाले यस क्लबबाट लायन्स साथै समाजले ठूलो आसा राखेको र अपेक्षा अनुरुप क्लबले काम गरेर देखाएको बताउदै खुसी व्यक्त गर्नुभयो । उहाले नवनियुक्त पदाधिकारीहरुलाई संस्थाले स्थापित गरेको गरिमा बचाई र यसलाई सृजनशीलता, लगनशीलता र कार्यकुशलताले अघि बढाउन जोड दिनुभएको थियो।
कार्यक्रममा अध्यक्षले अध्यक्षको प्रतिवेदन, सचिवले कार्यक्रमको प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । सोही अवसरमा बोल्दै क्लबका वर्ष २०२३/२४ को अध्यक्ष कमल पौडेलले क्लबलाई सही मार्गमा डोर्याउनको लागि आफुले अभिभावकको भूमिका निर्वाह गर्ने बताउनु भयो ।
कार्यक्रममा जोन चियरपर्शन बिनोद थापा मगर, लायन्स क्लब अफ देवदह प्रोफेशनल युथका संस्थापक अध्यक्ष दिपेश मल्ल, लायन्स क्लब अफ देवदहका अध्यक्ष मन बहादुर क्षेत्री, लायन्स क्लब अफ पाकडी वृक्षका अध्यक्ष झरना थापा , लायन्स क्लब अफ देवदह प्रोफेशनल युथका पुर्व अध्यक्ष विमल भुसाल लगाएतको आतिथ्यता रहेको थियो । क्लबले वर्ष २०२३/२४ मा कुल १ सय ५ वटा कार्यक्रम र करिब ६ हजार ४ सय जनालाई प्रत्यक्ष सहयोग गरेको क्लबका सचिव दिपेश पाण्डेले जानकारी दिनुभयो ।