काठमाडौँ ।
साताको पहिलो कारोबार दिन आज आइतबार सेयर बजार १४.८३ अंकले घट्दै २ हजार ३७.०९ विन्दुमा झरेको छ । अघिल्लो साता सूचक ८ अंक माथिले घट्दै २ हजार ५१ विन्दुमा रोकिएको थियो।
आअज दोहोरो अंकले नेप्से सूचक घट्दा ३ अर्ब ६० करोड ७१ लाख रुपैयाँ बराबरको ९१ लाख ७८ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ। नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा बढी १२ करोड ८८ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने आइतबार जानकी फाइनान्स कम्पनीको ११ करोड ९८ लाख ५७ हजार रुपैयाँ बराबरको र युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर लिमिटेडको १० करोड ३९ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।