spot_img
spot_img
spot_img

देवदह पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पूर्ण खोप दिगोपना सुनिश्चितता नगर घोषणा

spot_img

बुटवल ।

रुपन्देहीको देवदह नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पूर्ण खोप दिगोपना सुनिश्चितता नगर घोषणा भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचक पूरा गरेपछि पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगर घोषणा भएको हो ।

घोषणा सभामा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पूर्ण खोप दिगोपन्ना सुनिश्चितता दुबै घोषणा गर्ने यो जिल्लाकै पहिलो भएको बताउदै शुभकामना व्यक्त गर्नुभएको थियो । उहाले स्वास्थ्यकर्मीको मिहिनेतले गर्दा नै स्वास्थ्य क्षेत्रमा परिवर्तन गर्न सकिएको र नगरले आगामी दिनमा पनि स्वास्थ्यलाई प्राथमिक्ता दिएर अगाडि बढ्ने कुरामा आफू आसावादी रहेको बताउनुभयो ।

कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्मा लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो।

सोही अवसरमा १२ वटै वडामा रहेका आधारभुत स्वास्थय सेवा केन्द्र, स्वास्थ्य कार्यालयका कार्यालय सहयोगी र स्वास्थ्यकर्मीहरुलाई सम्मान समेत गरिएको थियो । यसैगरी स्वास्थ्य संस्थामा प्रसूति गराएका महिलाको सङ्ख्या ९४१ र खोप लगाईएको बालबालिकाको संख्या ९५२ जना रहेको र घरमा प्रसूति गराउनेको सङ्ख्या शून्य रहेको देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बञ्जाडेले बताउनुभयो।

कार्यक्रम देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलको अध्यक्षता, उप प्रमुख विद्या लक्ष्मी गुरुङको स्वागत र जनस्वास्थ्य निरीक्षक गिरी त्रामुको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img