spot_img
spot_img
spot_img

कांग्रेस–एमाले गठबन्धनलाई जसपाको साथ

spot_img

काठमाण्डौ ।

जनता समाजवादी पार्टी नेपालले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको परिवर्तित अवस्थामा बनेको नयाँ समीकरणलाई आफूहरूको साथ रहने बताउनुभयो ।

माओवादी–एमाले गठबन्धनको पालामा जसपा नेपाल विभाजन भएको थियो । माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले जसपा नेपाल आफूले फुटाएको भनी अभिव्यक्ति दिएका थिए ।

सत्ता गठबन्धनमध्ये माओवादी अहिले एक्लै देखिएको छ। एमाले र कांग्रेसले गठबन्धन बनाएका छन् । त्यो गठबन्धनमा कुन कुन दल रहने भन्ने निश्चित भएको छैन। यद्यपि जसपा नेपालले आफू नयाँ गठबन्धनसँगै रहने बताएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img