काठमाडौं ।
आज मंगलबार सेयर बजारको परिसूचक नेप्से २१०० अंकमा आएर बन्द भएको छ । दुई पटक पोजेटिभ सर्किट ब्रेक लागेर केही बेर कारोबार स्थगित भएपनि दोस्रो ब्रेकपछि बजार स्थिर बनेको थियो ।
अघिल्लो दिन २०५३ अंकमा बन्द भएको सेयर बजार ४७ अंक बढेर २१०० मा पुगेको हो । सत्ता समीकरण परिवर्तन हुने भएसँगै कारोबार सुरु भएको २ मिनेट नपुग्दै नेप्से ४ प्रतिशत बढेको थियो । दोस्रो पटक खुलेपछि बजार ५ प्रतिशत बढेको थियो । दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से २१६२ अंकमा पुगेको थियो ।
अन्ततः बजार बन्द हुँदा ४७ अंक बढेर २१०० अंकमा कायम भयो । दिनभर कुल ४ अर्ब ५७ करोडको कारोबार भयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??