काठमाण्डौ ।
भारतको उत्तरप्रदेशमा भोलेबाबा सत्संगको समापनका क्रममा भागदौड मच्चिंदा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।
उत्तर प्रदेशको हाथरस जिल्लाको रतिभानपुरमा सत्संगको समापन कार्यक्रममा भागदौड मच्चिएपछि भीडमा च्यापिएर उनीहरुको ज्यान गएको हो ।
मर्नेहरुमा अधिकांश महिला र बालबालिका रहेका छन् । घटनामा सय जना बढी घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय संचार माध्यमहरुले जनाएका छन् । १३ वर्षपछि भएको उक्त कार्यक्रममा स्थानीय प्रशासनले अनगिन्ती मानिसको प्रवेश दिंदा घटना भएको बताइएको छ । -एजेन्सी
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??