spot_img
spot_img
spot_img

अन्तर्राष्ट्रिय विद्यार्थी सीमित गर्ने योजना अस्ट्रेलियाको अर्थतन्त्रका लागि घातक हुने चेतावनी

spot_img

काठमाण्डौ ।

अस्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक समूहले विश्वविद्यालयहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या सीमित गर्ने सरकारको योजनाले अर्थतन्त्रलाई क्षति पुर्‍याउने चेतावनी दिएको छ ।

अस्ट्रेलियाका एक सयभन्दा धेरै ठूला कम्पनीका प्रमुख कार्यकारी समावेश बिजनेस काउन्सिल अफ अस्ट्रेलिया (बीसीए) ले अन्तर्राष्ट्रिय विद्यार्थीको प्रवेश कटौतीले देशको आवास आपूर्तिको समाधान नगर्ने बरु अर्थतन्त्रलाई नोक्सान पुर्‍याउने जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सत्तारूढ लेबर पार्टीले गएको मे महिनामा अस्ट्रेलियामा उच्च आप्रवासीहरूको प्रवेश कटौती गर्ने व्यापक रणनीतिको एक हिस्साको रूपमा विश्वविद्यालयहरूमा भर्ना गर्न अनुमति दिइएको नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या सीमित गर्ने योजना सार्वजनिक गरेको थियो ।

सरकारलाई प्रस्ताव पेश गर्दै बीसीएले अन्तर्राष्ट्रिय शिक्षा प्रदायकको रूपमा अस्ट्रेलियाको प्रतिष्ठा र उच्च शिक्षा क्षेत्रको समग्र गुणस्तरलाई क्षति पुर्‍याउन सक्ने जनाएको छ । यस्तै अर्थव्यवस्थामा दीर्घकालीन नकारात्मक असर पार्ने र सबै अस्ट्रेलियाली प्रभावित हुने बिसिएका प्रमुख कार्यकारी ब्रान ब्लयाकले आज विज्ञप्तिमा बताउनुभएको खबरमा उल्लेख छ ।

सरकारी तथ्याङ्कअनुसार सन् २०२३ मा अस्ट्रेलियाको अर्थतन्त्रमा अन्तर्राष्ट्रिय शिक्षाको योगदान ४७ अर्ब ८ करोड अस्ट्रेलियाली डलर थियो । यसले अस्ट्रेलियाको फलाम, कोइला र प्राकृतिक ग्यासपछिको चौथो ठूलो हिस्सा धानेको छ ।

सरकारले अस्ति सोमबारको घोषणामा अस्ट्रेलियामा अध्ययन गर्न आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भिसा आवेदन शुल्क ७ सय १० अस्ट्रेलियाली डलरबाट १ हजार ६ सय अस्ट्रेलियाली डलरभन्दा बढी बनाएको छ। -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img