काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई पार्टिले पदबाट निलम्बन गरेको छ । बुधबार केन्द्रीय समितिको बैठकमा अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै ढकाललाई सात दिनका लागि निलम्बन गरिएको जनाईएको छ ।
केन्द्रीय समितिले सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिईएको छ । बुधबारको केन्द्रीय समिति बैठकमा मुखमा कालो टेप लगाएर बसेका ढकाल बैठकको बीचबाटै बाहिरिएका थिए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??