काठमाडौं ।
शुक्रबार सुनको भाउ तोलामा १ लाख ४४ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा सुन आज १ सय रुपैयाँ बढेको हो ।
यसअघि जेठ २५ गते सुनको भाउ प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीको भाउ ५ रुपैयाँ बढेको छ । महासंघका अनुसार अघिल्लो दिन तोलामा १८६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८७० कायम भएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??