काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारेको आरोप लगाउनुभएको छ । आज शुक्रबार काठमाडौंमा महाधिवेशन सम्पन्न समारोहमा नेता खनालले यस्तो आरोप लगाउदै नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको समीकरणलाई उहाँले दलाल पुँजीवादको संज्ञा दिनुभएको छ ।
उहाँले कांग्रेससँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न नसक्ने जिकिर गर्नुभयो । नेता खनालले अहिले नेकपा एमालेभित्र भूकम्प गएको बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) को विकास र बिस्तारलाई रोक्नसक्ने शक्ति कुनै नरहेको जिकिर गर्नुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??