पोखरा ।
अविरल परेको वर्षाका कारण पोखराको सेती नदीमा बहाव पनि बढेको छ । नदीमा बहाव बढेपछि नदि किनारका ५ परिवार विस्थापित भएका छन् । पोखरा १४ गोस्ते टोलमा ५ परिवारका २३ जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको कास्की प्रहरीले जनाएको छ ।
विस्थापित सबै जनालाई गोस्ते टोल विकास संस्थाको भवनमा राखिएको छ । केही दिनदेखी निरन्तर परेको बर्षाले देशभर नै जनधनको ठूलो क्षती पुर्याएको छ । यसैबिच बर्खायामको समयमा आईपर्ने यस्ता बिपतजन्य अवस्थाबारे सबै समुदाय सजक र सचेत रहन मौसम बिभागले आग्रह गरेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??