spot_img
spot_img
spot_img

जम्मू कश्मीरमा ६ जना आतङ्कवादी र दुई सैनिकको मृत्यु

spot_img

काठमाण्डौ ।

जम्मू कश्मीरको कुलगाममा आइतबार लगातार दोस्रो दिन मुठभेड जारी छ । मुदरघम र चिन्निगम फ्रिसलमा अहिलेसम्म ६ जना आतङ्कवादी मारिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन । यसमा दुई जना सुरक्षाकर्मी पनि मारिएका छन् । मुदरघममा अझै दुई जना र चिन्निगम फ्रिसलमा एक जना आतङ्कवादी लुकेको आशङ्का गरिएको छ ।

दुवै स्थानमा सुरक्षाकर्मीले अभियान सञ्चालन गरिरहेका छन् । मुदरघममा आइतबार बिहान दुई जना आतङ्कवादी मारिएका थिए । शनिबार त्यहाँ एक जना आतङ्कवादी र एक जना सुरक्षाकर्मी मारिएका थिए ।

उता कुलगामको चिन्निगम फ्रिसलमा शनिबार चार जना आतङ्कवादी मारिएका थिए भने एक जना जवान सहिद भएका थिए । यसैगरी, जम्मू कश्मीरको राजौरी जिल्लाको मंजाकोट क्षेत्रमा आतङ्कवादीहरूले आइतबार बिहान एक आर्मी क्याम्पमा हमला गरेका थिए। घटनामा एक जना सैनिक जवान घाइते भएका थिए । जवाफी कारबाहीपछि आतङ्कवादी जंगलतर्फ भागेका थिए । सेना र प्रहरीले सर्च अपरेसन सुरु गरेका छन् । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img