चितवन ।
चितवनको भरतपुर महानगरपालिका–१६ झन्झने गोब्रेनीमा नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्धार गरिएको छ । गयराती उनिहरुको उद्धार गरिएको हो ।
वर्षाको कारण नारायणी नदीमा आएको बाढीमा फसेको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवन र नेपाल प्रहरीको टोलीले उनीहरूको सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको जनाईएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??