काठमाण्डौ ।
मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारमा रहेका ४ दलका ६ मन्त्रीहरुलाई पदबाट बर्खास्त गर्नुभएको छ । मुख्यमन्त्री सिंहले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरुलाई बर्खास्त गर्नुभएको हो ।
नेकपा एमाले-नेपाली कांग्रेससँग भएको सहमतीअनुसार मुख्यमन्त्री सिंहले चार दलका ६ मन्त्री बर्खास्त गर्नुभएको हो । अर्थमन्त्री भरतप्रसाद साह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोबिन्दबहादुर न्यौपाने, उर्जा सिंचाई तथा खानेपानीमन्त्री बेची लुङ्गेली, गृह तथा सञ्चारमन्त्री विमला अन्सारी र श्रम तथा यातायात मन्त्री उर्मिला चौधरीलाई मुख्यमन्त्री सिंहले बर्खास्त गर्नुभएको छ ।
६ दलको समर्थनमा जनमत पार्टीका सिंह गत जेठ २५ मा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।