spot_img
spot_img
spot_img

केरवानी स्वास्थ्य चौकी ‘किशोर–किशोरी मैत्री’ घोषणा

spot_img

गोविन्द घर्ती, देवदह ।

रुपन्देहीको देवदह नगरपालिका–२, ढेकावरमा रहेको केरवानी स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । एक कार्यक्रम बीच देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले संयुक्त रूपमा किशोर–किशोरी मैत्री स्वास्थ्य सेवायुक्त स्वास्थ्य संस्था घोषणा भएको प्रमाण पत्र स्वास्थ्य चौकीलाई प्रदान गरेको हो । घोषणासंगै केरवानी स्वास्थ्य चौकी देवदहको पहिलो किशोर–किशोरी मैत्री स्वास्थ्य सेवायुक्त स्वास्थ्य संस्था बनेको छ ।

किशोर–किशोरीमैत्री स्वास्थ्य सेवायुक्त स्वास्थ्य संस्था घोषणा हुन आवश्यक मापदण्डको ८० प्रतिशत मापदण्ड पुरा हुनु पर्ने भएपनि केरवानी स्वास्थ्य चौकीले ९७.७ प्रतिशत मापदण्ड पुरा गरेकोले किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ । केरवानी स्वास्थ्य चौकी, देवदह नगरपालिको स्वास्थ्य शाखाको अनुगमन पश्चात घोषणा गरिएको हो ।

स्वास्थ्य चौकीले ८ वटा मापदण्ड र ४५ वटा सूचक पुरा गरेको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य चौकीमा नियमित विरामी जाँचसंगै, समुदायमा आधारित नवजात तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच, सुत्केरी महिलाको जाँच, प्रयोगशाला लगातका सेवा दिंदै आएको स्वास्थ्य चौकीका प्रमुख काशीनाथ रेग्मीले जानकारी दिनु भयो । सो अवसरमा बोल्दै नगर प्रमुख खरेलले किशोर किशोरीलाई स्वास्थ्य सम्वन्धी जानकारी गराउन आवश्यक रहेको बताउनु भयो । उहाले किशोर किशोरी अवस्थामा सहि बाटो लैजान सकेमात्र भविश्य उज्जवल हुनेमा जोड दिनु भयो । उहाले स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री घोषणा गरेर मात्र नहुने भन्दै यसलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।

नगर प्रमुख खरेलले स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री बनाउन महिला स्वास्थ्य स्वयमसेवीका र स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । उहाले समाज रुपान्तरण गर्न आमनागरिकलाई स्वास्थ्यको पहुचमा पुर्याउन आवश्यक रहेको बताउनु भयो । सोही अवसरमा बोल्दै उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले किशोर किशोरीलाई गलत बाटोमा जान नदिन सवैले भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो । उहाले किशोर किशोरीलाई सचेतना दिन नसक्दा कहिले काही दुर्घटना हुने गरेको बताउनु भयो । उहाले घोषणा गरेर मात्र हुदैन दीगोपना र सुनिश्चितता कायम कायम राख्नु पर्नेमा जोड दिनु भयो ।

देवदह नगरपालिका–२, का वडाअध्यक्ष दलबहादुर राकास्कोटीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य गीता भण्डारी लगायतले आ–आफना भनाई राख्नु भएको थियो । केरवानी स्वास्थ्य चौकीका प्रमुख काशीनाथ रेग्मीको स्वागत र नरसिंह अधिकृत माया पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img