spot_img
spot_img
spot_img

रुपन्देहीमा १६ दिने निःशुल्क वारिष्टा तालिम सम्पन्न

spot_img

काठमाण्डौ ।

ईन्स्योर परियोजना र रुपन्देही उद्योग संघको सहकार्य स्ट्रलिङ्ग ईन्टरनेशनल कलेज अफ हस्पिटालिटिको प्राविधिक सहयोग तथा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको आयोजनामा दुई समुहमा आयोजना गरिएको १६ दिने निःशुल्क वारिष्टा तालिमको मंगलबार एक समारोहका बीच समापन गरिएको छ ।

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीको अध्यक्षता एवं रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा होटल तथा रेष्टरेण्ट व्यवसायी संघका द्घितीय उपाध्यक्ष प्रेम भट्टराई,रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारी, शिप विकास ईकाईका संयोजक खिमानन्द रिजाल, होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका सहकोषाध्यक्ष एवं तालिम संयोजक माधव ढकालले तालिममा सहभागी प्रशिक्षार्र्थीहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

समापन समारोहमा रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले दिगो तथा सम्मानित रोजगारका लागि सीप परियोजना अन्तरगत शिप विकास तालिम दिईएको बताउनु भयो । दक्ष र स्वरोजगार युवा उत्पादन गर्ने लक्ष्य सहित ईन्स्योर परियोजनासँग समन्वय गरी रुपन्देही उद्योग संघले विगत २ वर्षदेखि विभिन्न खालका शिपयुक्त तालिम चलाउँदै आइरहेको समेत वहाँले बताउनु भयो । वहाँले सेवा उद्योगका रुपमा रहेको होटलमात्र नभई अन्य उत्पादनमूलक उद्योगहरुलाई आवश्यक पर्ने कामदारको क्षमता विकासका तालिम दिदै आएको बताउनुभयो ।

होटल ब्यवसायीहरुलाई वारिस्टा, फ्रन्ट डेक्स, तथा उत्पादनमूलक उद्योगहरुको लागि बेल्डिङ, अटो क्याट, इन्स्ट्रुमेसन, अटोमेशन, भिएफडी, पि.एल.सी.जस्ता तालिमहरुको आयोजना गरी यस आर्थिक वर्षमा ३०० जना भन्दा बढि कामदारहरुका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको बताउनु भयो ।

कार्यक्रममा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले होटल ब्यवसायीहरु विस्तारै पर्यटन उद्योगीका रुपमा रुपान्तरण भईरहेको बतानु्हुँदै सीप नभई कुनै पनि काममा सफलता मिल्न नसक्ने उदाहरण दिंदै ब्यवसायीहरुको दक्षता बढाउनेतर्फ संस्थाहरुको सहकार्य मार्फत जोड दिएको बताउनु भयो । पछिल्लो समय कफिको बजार राम्रो रहेको बताउन ुहुँदै वहाँले सीप सिकाएर बजारीकरणमा ब्यवस्थित गर्ने काम भएको बताउनु भयो ।

कार्यक्रममा प्रशिक्षार्थी मीन तिवारीले तालिमको सिकाई ब्यवहारमा लागु गर्ने प्रतिवद्धता जनाउँदै कफिका प्रकार र बनाउने विधि सिक्न सफल भएको बताउनु भएको थियो ।

कार्यक्रममा स्टर्लिङ ईन्टरनेशनल कलेज अफ हस्पिटालिटिका एमडी धिरज राकसमगरले युवा वर्गलाई लक्षित गरी दिईने तालिमबाट दक्ष जनशक्ति उत्पादन हुने बताउनु भयो ।

तालिममा केवल वारिस्टा मात्र नभई सेवामुलक उद्योगमा आवश्यक पर्ने ब्यवहारिक विषयमा समेत ज्ञान दिईएको बताउँदै बिदेश जाने सोच बनाउने युवाहरुलाई देशमै अवसर सृजना हुने गरी संघसंस्थाहरु लाग्नुपर्ने सुझाव दिनु भयो ।

समापन समारोहमा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका सहकोषाध्यक्ष एवं तालिम संयोजक माधब ढकालले स्वागत गर्नु भएको थियो भने संचालन महासचिव अर्जुन थापाले गर्नु भएको थियो । प्रशिक्षक चिरन ढुंगाना र धिरज राकसमगरले प्रशिक्षण दिनु भएको तालिममा रुपन्देहीका विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा कार्यरत ४० जना युवाहरुको सहभागिता रहेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img