spot_img
spot_img
spot_img

पेरुमा २२ वर्षपछि भेटियो अमेरिकी पर्वतारोहीको शव

spot_img

काठमाण्डौ ।

पेरुमा बेपत्ता भएका एक जना अमेरिकी पर्वतारोहीको शव २२ वर्षपछि फेला परेको छ । एन्डिजमा गएको हिम पहिरोमा बिलल स्ट्याम्फल पुरिएका थिए । जुन २७ मा अमेरिकी पर्वतारोही र्यान कूपर र वेस्ले वारेनले हुआस्कारन हिमालमा आफ्नो पिताको शव भेट्टाएको स्ट््याम्प्फलका छोराले बताएका छन् । यी दुवै २२ हजार फिटको शिखर चढ्ने असफल प्रयासपछि पेरुको कोर्डिल्लेरा ब्लान्कामा रहेको हिमालबाट ओर्लिरहेका थिए ।

करिब १६ हजार फिट तल उनीहरूले शव भेट्टाएका हुन्। हिउँको सतहमा फरक चिज देखिएपछि के रहेछ भनेर दुवैले खोजबिन गर्न थाले । हिउँका कारण स्ट््याम्प्फलको शव कुहिएको थिएन । उनको शरीरमा बिहेको औठी, हेल्मेट, हिमाल चढ्दा लगाउने जुत्ता र ज्याकेट सबै जस्ताको त्यस्तै थिए । शवले भिरेको ब्यागमा पहिचान पत्र, क्यामरा, पासपोर्ट, पर्स र चस्मा थिए । ती सबै पनि सद्दे अवस्थामा थिए ।

उनी अमेरिकी पर्वतारोही भएको थाहा पाएपछि स्ट््याम्प्फलको परिवारबारे खोजबिन गरेर उनको अवस्थाबारे जानकारी दिएको कूपर बताउँछन् । सन् २००२ को जुन २४ मा स्ट््याम्प्फल र अन्य दुई पर्वतारोही स्टिभ एस्र्किन र म्याथ्यू रिचर्डसन हुआस्कारन हिमालको हिमपहिरोमा पुरिएका थिए । त्यतिबेला स्ट््याम्प्फल ५३ वर्षका थिए । यी तीनै जनाको शव फेला परेको थिए । एस्र्किन बाहेक अरु दुईको शव भेटिएको थिएन ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img